
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । पछिल्लो समय नयाँ पुस्ताका पिढीहरु सामाजिक कार्यप्रति आकर्षित हुँदै गएका छन् । मानवता नै मानवको सबैभन्दा ठुलो धर्म हो भन्दै नयाँ पिढीहरु सामाजिक सेवाका लागि चासो देखाउँदै गएको पाईन्छ । चाहे औपचारीक रुपमा होस् या अनौपचारीक सेवा सबैले गर्ने गर्दछन् । तर केहि समय यता समाजिक कार्यमा लाग्नेहरुको संख्यामा निरन्तर रुपमा वृद्धी हुँदै गएको छ ।
धनगढीमा त्यस्ता थुप्रै आश्रम तथा बालगृह छन् जसले विगत लामो समयदेखी टुहुरा तथा विपन्न परिवारका बालबालीकाहरुलाई निःशुल्क रुपमा रेखदेख गर्दै आएका छन् । जसमध्येको एक हो आमाको माया छात्रबास । जहाँ गरिब तथा विपन्न परिवारका बालबालीकाहरुलाई आश्रय दिईएको छ । समाजिक दायित्व र मानविय धर्मलाई मान्दै उक्त आश्रममा जन्मदिनको अवसरमा सेवा गर्नेहरु बढ्दै गएका छन् ।
जन्मदिन मनाउन भोज खुवाउने लगायत अन्य क्रियाकलापमा हुने फजुल खर्च कटाएर १० बर्षिय हिमान्सुले त्यहाँ आश्रय लिइरहेका ३२ जना बालबालिकालाई केही सहयोग होस् भनेर सहयोग गरेकी छिन् । उनको यो उमेरमा कतिपय बालबालिकालाई समाज सेवा के हो भन्ने कुराको समेत ज्ञान नभएका बेला १० बर्षिय हिमान्सीले आमाको माया छात्रबासमा बसिरहेका बालबालिकालाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन । पछिल्लो समय नयाँ पुस्ताका नयाँ पिढीहरु सामाजिक सेवातर्फ आकर्षित हुँदै गएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्:










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्