×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोपट्टि बाधेर काम गर्दै नेपाल वायुसेवा निगम कर्मचारी संघ

PRIME CA
GLOBAL IME BANK

कालोपट्टि बाधेर काम गर्दै नेपाल वायुसेवा निगम कर्मचारी संघ

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । कोरोना महामारीलाई देखाएर नेपालमाथि चीनले नाकाबन्दी गरेको पाँच महिनाभन्दा बढी भइसकेको छ । सरकार यस विषयमा चुइक्क बोल्‍न सकेको छैन । भारतको विरोध गेरेर राष्ट्रवादी बनेको नेपाल सरकार चिनियाँ नाकाबन्दीविरुद्ध नोबल्‍नु नेपालको लाचारीपना हो । यसअघि सत्तारुढ दलको आन्तरिक द्वन्द्व समाधानमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खेलेको भूमिकाले पनि धेरै कुराहरु प्रष्ट पारेको छ । चीनले तातोपानी र रसुवागढी नाका खोले पनि त्यो पूर्णरुपमा भने खोलेको छैन । दैनिक सीमित संख्या तोकेर त्यहाँबाट कन्टेनरहरु आउन दिएको छ । चिनियाँ अतिक्रमणविरुद्ध पनि नेपाल सरकार बोल्‍न सकेको छैन ।
अहिले फेरि चिनियाँ लगानी रहेको यति समूहको हिमालय एयरलाइन्सलाई नेपास सरकारले ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको छ । उक्त निर्णय कार्यान्वयन नगर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन निर्देशन दिए पनि निर्णय खारेज भने गरिएको छैन । उक्त निर्णय खारेज किन गरिएन भनेर संशय उत्पन्‍न भएको छ । अन्तर्राष्ट्रिय उडड्यन मापदण्ड अनुसार ग्राउन्ड ह्यान्डलिङको प्रक्रिया ‘रिसिप्रोकल’ हुने गर्दछ । जस्तो कि नेपालले भारतीय एयरलाइन्सलाई नेपालमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएमा भारतले पनि नेपाल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको छ । यस्तै थाइल्यान्डसँग पनि रेसिप्रोकल ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको छ ।
तर, चीनले नेपाल वायु कम्पनीलाई अहिले बेइजिङ उड्‍नसमेत प्रतिबन्ध लगाएको समयमा एकाएक सरकारले चिनियाँ लगानी रहेको हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको हो । अर्कोतिर चीनले आफ्नो कुनै पनि विमानस्थलमा नेपाल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएको छैन । मन्त्रीकै इशारामा ४ असोजमा गरिएको निर्णयविरुद्ध चर्को आलोचना भएपछि ‘फेस सेभिङ’ का कार्यान्वयन नगर्ने मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।
उनले उक्त निर्णय खारेज गराउन नसक्नुमा चिनियाँ दूतावासको आदेश रहेको स्रोतले बताएको छ । उता हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको निर्णय खारेज गर्नुपर्ने माग गर्दै नेपाल वायुसेवा निगम कर्मचारी संघ विरोध कार्यक्रम सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा हिमालय एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको लागि नेपाल वायु सेवा निगमलाई ३० करोड रुपैयाँ बुझाएको थियो । यही ग्राउन्ड ह्यान्डलिङकै रकमबाट नेपाल वायुसेवा कमर्चरीहरुको तलब सुविधा उपलब्ध हुने गरेको छ । तर, अहिले आफैंले ग्राउन्ड ह्यान्डलिङ गरेर ठूलो रकम हिनामिना गर्न सकिने भएकोले मन्त्री भट्टराईले यस्तो योजना बनाएका थिए ।
यसको विरोधमा नेपाल वायु सेवा निगम कर्मचारी संघले मन्त्रीको यो गलत निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको ठहर गर्दै परिस्थितिको निर्णय खारेज गर्न माग गरेका छन् । कर्मचारी संघले निर्णय खारेज गर्नका लागि १३ गते मंगलबार नेपाल वायुसेवा निगमका सम्पूर्ण कर्मचारीहरूको कालो पट्टी बाधेर कार्यालयको काम गर्ने, १४ गते बुधबार सञ्‍चालन समिमि, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी गर्ने, १५ गते बिहीबार विभागीय प्रमुखको कार्यकक्ष घेराउ गर्ने, १६ गते शुक्रबार दिनको १२ बजे आन्दोलनको समीक्षा गर्ने र १८ गते दोस्रो चरणको ठप्प पार्ने कार्यक्रमको घोषणा गर्ने जनाएको छ ।
नेपाल सरकारले राष्ट्र हित विपरीत र चिनियाँ कम्पनीलाई बढी स्पेस दिने गरी गरिएको उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने चर्को दबाब सिर्जना भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल सरकारले हिमालयलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिएर नयाँ लुटवाद सुरु गरेको बताएका छन् । उनले नेपाल वायु सेवाको भाग छिनेर चिनियाँ लगानीको हिमालयलाई जिम्मा दिनु नयाँ लुटवाद भएको बताएका छन् । -पब्लिक न्युज एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: