
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीका सडकहरुमा बेसाहरा र भोकले तड्पिएका कुकुरहरु निकै भेटिने गर्दछन् । कसैले छि-छि र दुर-दुर गर्छन भने कसैले ढुँगाले हिर्काउँछन् पनि । तर तिनै बेसाहारा बनी भौतारिरहेका कुकुरहरुलाई स्ट्रीट पव्जले खाना खुवाउने कार्यक्रम सुरु गरेको छ । समाजिक कार्यमा सहभागि हुँदै आएको स्ट्रीट प्वजले विशेषगरी बेसाहर पशुचौपायाको स्याहार सुसार गर्दै आएको छ ।
बोल्न नसक्ने पशुहरुको पिडालाई देखेर उक्त कार्य शूरु गरेको स्ट्रीट प्वजकी संचालिका रितिका गुरुङ्गले बताईन । उनले भनिन्, ‘पशु बोल्न सक्दैनन् तर हामी त बुझ्न सक्छौँ नि ? त्यसैले उनिहरुको सहजताका लागि यो काम शूरु गरेकी हुँ ।’ आफ्नै निवासमा कार्यालय खोलेर रितिकाले बेवारिसे अवस्थामा सडकमा अलपत्र परेका कुकुरको उपचार गर्ने स्याहा सुसार गर्ने कार्य गरिरहेकी छिन । उनि भन्छिन्, ‘भोकै भौतारिरहेका पशुचौपायालाई एउटा रोटी दिन सकिदैन भने ढुँगा हान्ने सोच्नुपनि पाप हो ।’
सडक पशुचौपायाको सेवामा लागिरहेको स्ट्रीट पव्जले केहि समय अगाडी रात्रीकालिन सडक दुर्घटना न्युनिकरणका लागि सडकमा बास बस्ने छाडा पशु चौपाया र कुकुरलाई ‘लाइट रिफ्लेक्टिङ बेल्ट’ बाध्ने कार्य समेत गरेको थियो । त्यस्तै अहिले पनि उनिहरुले हप्ताको दुई दिन बेवारिसे कुकुरहरुलाई खाना खुवाउँदै आएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः












Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्