×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीजी होल्डिंग्स्‌‌द्वारा ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक, साढे ३ लाख रुपैयाँ छुट र एक्स्चेञ्जमा बोनस पनि

LAXMI SUNRISE BANK

सीजी होल्डिंग्स्‌‌द्वारा ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक, साढे ३ लाख रुपैयाँ छुट र एक्स्चेञ्जमा बोनस पनि

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले असोज ११ गतेदेखि सुरु हुनेगरी यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना सार्वजनिक गरेको हो ।
यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम् २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निशुल्क पाउनेछन् । साथसाथै कुनैपनी व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउनेछन् ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्,वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री वितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी