×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फ्रान्स र थाइल्यान्डलगायतका अन्य मुलुकमा पाकिस्तानी आईसआईको अपराध सिन्डिकेट

PRIME CA

फ्रान्स र थाइल्यान्डलगायतका अन्य मुलुकमा पाकिस्तानी आईसआईको अपराध सिन्डिकेट

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ग्लोबल वाच एनालिसिसको एक रिपोर्ट अनुसार पाकिस्तानको खुफिया एजेन्सी आईएसआई फ्रान्स र थाइल्याण्डलगायत धेरै देशहरूमा कार्यरत पाकिस्तान अपराध सिन्डिकेट्सको सेवामा प्रयोग गरिँदै आएको छ । 
पछिल्लो समय थाइल्यान्ड प्रहरीले एक पाकिस्तानी नागरिक बकर शाहलाई विभिन्‍न गैरकानुनी धन्दामा संलग्‍न भएको आरोपमा पक्राउ गर्‍यो । उनी पाकिस्तानी खुफिया एजेन्सी आईएसआईका लागि मनी लन्ड्रिङको काम गरिरहेका थिए । 
उनी पहिलो पटक सन् २०१२ मा अमेरिकाविरुद्धको आन्दोलनमा देखिएका थिए । त्यसपछि सन् २०१६ मा फेरि फेक पासपोर्टसहित उनलाई पक्राउ गरेको थियो । उक्त पासपोर्ट प्रकरणमा इरानी नागरिक हमिद रेजा जाफरीसहित पाँच पाकिस्तानीलाई पक्राउ गरिएको थियो । 
उनीहरु ६ जना नै फेक ट्राभल डकुमेन्ट बनाउने गिरोहमा संलग्‍न भएको पाइएको छ । जाफरी विभिन्‍न मुलुकको खोजी सूचीमा रहेका एक अपराधी थिए । उनलाई बेलायत, फ्रान्स, अस्ट्रेलिया र न्युजिल्यान्डको प्रहरीलेसमेत खोजिरहेको छ । 
जाफरी र उनका ६ पाकिस्तानी साथीहरु पाकिस्तानीहरुलाई नक्कली राहदानी आपूर्ति गरिरहेका थिए भन्‍ने कुरा अनुसन्धानले पत्ता लगाएको छ । मध्य पूर्वी देशका मानिसहरुलाई युरोप र अष्ट्रेलियामा बेचबिखन गर्ने गरेकोसमेत खुलेको थियो ।
यस अनुसन्धानको क्रममा थाई प्रहरीले हिरासतमा रहेका पाकिस्तानीमध्ये एक गोहर जमानको बाकर शाहसँग सम्बन्ध रहेको पाएको थियो । जब थाई सुरक्षा एजेन्सीले उनलाई कडा निगरानीमा राख्यो, त्यसपछि शाहले बैंककस्थित पाकिस्तानी दूतावासका पाकिस्तानी खुफिया अधिकारीहरूसँग नियमित सम्पर्क राखेको पाइएको थियो । 
शाहको मुख्य काम भनेको पाकिस्तानीहरूको लागि स्थानीय प्रहरी, अध्यागमन, भन्सार र एयरलाइन्समा सम्भावित सम्पत्ति देखाएको र चाई माई र माई सोत क्षेत्रमा मुस्लिम समुदायभित्र सम्पर्क विकास गर्ने थियो । 
आईएसआई यी जिहादी प्रवृत्तिका धेरै आतंकवादि समूहहरूसँग पनि उनको सम्बन्ध रहेको र सूचना उपलब्ध गराउने गरेको पाइएको छ । 
थाई अध्यागमनले शाहलाई पाँच वर्षका लागि कालोसूचीमा राखेको थियो र सन् २०१८ मा उनलाई पाकिस्तान पठाइएको थियो । यद्यपि उनी सय्यद बाकर अहमद जाफरीको नाममा ताजा पासपोर्टमा आईएसआई सल्लाहकारहरूको आडमा थाईल्याण्डमा छिर्न सफल भए । यद्यपि थाइल्याण्ड प्रहरीले फेरि नियन्त्रणमा लिएर अहिले उनी हिरासतमा छन् । 
त्यस्तै एक सिन्डिकेट, जाली राहदानीहरुको आपूर्तिको लागी, फ्रान्समा परिचालन भएको पाइएको छ । फ्रान्समा यस्तै अपराध सिन्डिकेट सञ्‍चालन गरिरहेका छन् । -पब्लिक न्युज एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: