×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लकडाउनपश्चात कञ्चनपुरमा फलफुलको मुल्य दोव्बरले बृद्धि , हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

PRIME CA
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : लकडाउनपश्चात कञ्चनपुरमा फलफुलको मुल्य दोव्बरले बृद्धि , हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले  लकडाउनपश्चात कञ्चनपुरमा फलफुलको मुल्य दोव्बरले बृद्धि देखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कञ्चनपुरको भीमदत्तनगर बजारको पूर्व पश्चिम राजमार्ग छेउ फलफुल बेच्न बसेका ठेला व्यापारी । बन्दबन्दी पश्चात कञ्चनपुरमा फलफुलको मुल्य दोव्बरले बृद्धि भएको छ ।
बैतडी सदरमुकामस्थित गढी बजार क्षेत्र । पुराना जीर्ण घर हुँदा उक्त क्षेत्र भूकम्पको जोखिममा रहेको छ । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित कुम्लेखोलामा आएको बाढीले पु¥याएको धान खेती तथा कटान क्षेत्र । यसबर्ष तनहुँमा बाढी पहिरोले करोडौको क्षति बनाएको छ । 
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रमा उत्पादित सुपो बिक्रीका लागि तानसेन नगरपालिकाको बर्तुङहुँदै माडीतर्फ लैजाँदै युवा । स्थानीय बजारमा उक्त सुपो तीनदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीका महिलाहरु स्याउला९घाँस०को भारी बोकेर फर्कदै । सीमावर्ती क्षेत्रका महिलाहरुले गाईबस्तुका लागि दैनिक घाँस काटेर ल्याउने गरेका छन ।
स्याङ्गजाको चापाकोट नगरपालिका–७ बस्ने हुमनाथ ढकाल र उहाँका श्रीमती सरिता ढकालले थालनी गर्नुभएको बाख्रापालन व्यावसाय । उहाँहरुको फार्ममा हाल ४० माउ बाख्रासहित ७० वटा बाख्रा छन् । ढकाल दम्पत्ति बाख्रापालन व्यावसायबाट मासिक रु ५० हजार कमाइ गर्न सफल हुनुहुन्छ ।
तनहुँको व्यास नगरपालिकाको हाताभित्र कालोपत्रे गर्दै मजदूर । रु १८ लाखको लागतमा नगरपालिकाको हाताभित्र सडक कालोपत्रे गरिएको हो ।
पाल्पाको रम्भा गाउँपालिकाको ताहुमा बाँसको व्यवस्थित खोरमा बंगुरपालन । स्थानीयवासी भीमबहादुर गन्धर्वले बाँसको खोरमा बंगुर पाल्नुभएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित थाङ्दीमा व्यावसायिकरुपमा गरिएको बेमौसमी मकै खेती । बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी हुनथालेपछि यहाँका कृषकहरु यसतर्फ आर्कर्षित हुंदै आएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: