×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पर्यटन दिवसका दिन सुनसान देखियो पर्यटकीयस्थल, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : पर्यटन दिवसका दिन सुनसान देखियो पर्यटकीयस्थल, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

Artha Sarokar

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पर्यटन दिवसका दिन सुनसान देखियो पर्यटकीय स्थलदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
सौराहाको पर्यटकीय होटल खुलेपछि आइतबार पर्यटकको पर्खाइमा रहेका हात्ती । पर्यटक हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन् ।
लामो बन्दाबन्दी र निषेधाज्ञापछि सौराहाका होटलहरु खुले पनि आइतबार विश्व पर्यटन दिवसका अवसरमा सुनसान देखिएको सौराहा ।
बन्दाबन्दी र निषेधाज्ञापछि सौराहाका होटलहरु खुले पनि आइतबार विश्व पर्यटन दिवसका अवसरमा सुनसान देखिएको सौराहा । 
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से छहरामा बाढीले सडक अवरुद्ध भएपछि पैदल हिँडेर गन्तव्यतर्फ जाँदै यात्रु ।
दिक्तेल बजार नजिकै पुरानो बेसक्याम्पमा खानेपानी विस्तारका लागि पाइप बिच्छ्याउन खाल्डो खन्दै कामदार । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा एसियाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा शहरी खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको छ ।
बागलुङ नगरपालिका–३ कृषि गाउँका इन्द्र केसीको जिम्माल कृषि फर्ममा उत्पादन भएका अण्डा । उहाँले फर्ममा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म अण्डा उत्पादन गर्नेे लियर्स जातका कुखुरा पाल्दै आउनु भएको छ ।
पानी परेसँगै हावा चलेर ढलेको धानको बोट उठाएर बाध्दै ललितपुर, खोकनाका किसान । धानको बोट नकुहियोस् भनेर उनीहरुले बाधेका हुन् ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरलाको रुप्सेखण्डमा सडक मर्मत गरिँदै । गत भदौ ३१ गते राती रुप्से झरनामा आएको बाढीले बगाएर अवरुद्ध भएको सडक मर्मत गरेपछि शनिबार साँझदेखि रुप्सेखण्ड सञ्चालनमा आएको छ । 
केही दिनदेखिको अविरल वर्षाका कारण फेवातालमा बाधेर राखिएका डुङ्गामा पानी पसेपछि शनिबार बिहान त्यसको व्यवस्थापनमा डुङ्गा चालक ।
बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसानले उत्पादन गरेको बन्दा बिक्रीका लागि तयार गर्दै । गुरुखोलालाई तरकारीका लागि पकेट क्षेत्रका रुपमा लिइन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी