×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा: तिला नदीबाट अवैध रुपमा बालुवा निकाल्दै स्थानीयवासी, हेर्नुस् अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले तिला नदीबाट अवैध रुपमा बालुवा निकाल्दै स्थानीयवासीदेखि पहिरो झरेपछि जोखिममा परे गुल्मीबासीका घरसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
गुल्मीको इस्मा गाउँपालिका– १, हस्तीचौर गाउँमा वर्षाका कारण झरेको पहिरो । 
जुम्लाको चन्दननाथ नगरपालिका–६, तिला नदीबाट अवैध रुपमा बालुवा निकाल्दै स्थानीयवासी ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–६ का कृषक सञ्जय कोंहारले व्यावसायिक रुपमा गर्नु भएको केराखेती । कोभिड–१९ को सङ्क्रमणका कारण गत वर्ष जस्तो यस वर्ष केराले राम्रो बजार पाउन सकेको छैन । 
चितवनको नारायणी नदी किनारमा सहयोगापेक्षीहरु सामूहिक रुपमा खाना खाँदै । बेवारिसे व्यवस्थापन पुनःजीवन केन्द्र चितवन शाखाले भोकालाई दैनिक खाना खुवाउँदै आइरहेको छ । 
कैलारी गाउँपालिका –५ पबेराका कृषकले व्यावसायिक रुपमा पालेको उन्नत जातको हाँस । तिनको फार्ममा करिब ४०० हाँस पालिएको छ ।
कोरोनाका कारण उपचारमा देखिएको असहज अवस्थालाई सहजीकरण गर्ने उद्देश्यले स्कूल अफ डेमोक्रेसी नामक संस्थाद्वारा जनकपुरधाम उपमहानगरपालिका वडा नं १ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै बालक । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनका अवसरमा आइतबार मन्त्रालयमा गत वर्ष तेजाब आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई शिक्षाका लागि रु ५० हजार प्रदान गर्दै ।
धुलिखेल नगरपालिका –४ बखुडोलका बासिन्दाको आफ्नै पहलमा निर्माण भएको ‘बखुडोल बुद्ध पार्क’ । स्थानीयवासीले नमूना काम शुरु गरेपछि नगरपालिका र डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको आर्थिक सहयोग रु ३० लाखमा पार्क निर्माण सम्पन्न भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: