×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : दिपायलस्थित पिपल्ला बजारमा चटपटे बिक्री गर्दै एक बालक, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले दिपायलस्थित पिपल्ला बजारमा चटपटे बनाएर बिक्री गर्दै एक बालकदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
डोटीको प्रमुख व्यापारी केन्द्र दिपायलस्थित पिपल्ला बजारमा चटपटे बनाएर बिक्री गर्दै एक बालक । दैनिक चटपटे बेचेर उनले रु एक हजार कमाउने गरेका छन् । 
फुगाउँका कृषक अहिले जिम्बु सुकाउनमा व्यस्त । करु र आलु मात्र उत्पादन हुने यस गाउँका कृषकले दुई दिनको मात्र जिम्बु सङ्कलन गरेर बेचेको पैसाले वर्ष दिनका लागि चामल जोहो गर्ने गर्दछ । नेपाली भान्सामा निकै लोकप्रिय मानिने हिमाली जिम्बु मनाङका माथिल्लो भेगमा पाइन्छ । जिम्बु प्रतिकेजी रु दुई हजारदेखि रु दुई हजार ५०० मा बिक्रिवितरण हुँदै आएको छ । त
बैतडीको दशरथचन्द नगरपालिका– १ गुरुखोलास्थित विद्युत् विस्तारका लागि तार गाउँ लैजाने तयारी । जिल्लाका धेरैजसो ग्रामीस्ण क्षेत्रमा विद्युत् बिस्तार हुनेक्रम जारी छ । 
डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका किसान गणेश भट्टले लगाउनुभएको अलैँची खेती । अलैँचीको माग बढेसँगै जिल्लामा पछिल्लो समय सो खेतीप्रति किसानको आर्कषण बढेको छ । 
म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ पोखरेबगरमा निर्माण हुन लागेको २२० केभी क्षमताको प्रसारण लाइनको टावर निर्माणका लागि सामग्री ढुवानी गर्दै मजदुर ।
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका– २ कमेरेस्थित माछा पोखरीमा जाल हानेर माछा निकाल्दै ।
डोटीको प्रमुख पर्यटकियस्थल खप्तड जोड्ने झिग्रानामा बिक्रीका लागि दाउरा लैजाँदै महिला । यहाँका महिला दिनभरी जंगलमा दाउरा सङ्कलन गरेर साँझको बेला पसलमा दाउरा बेचेर दैनिक गुजारा चलाउँदै आएका छन् ।
पाल्पा जिल्लाको तानसेन नगरपालिका–१ को भुसाल डाँडा हुँदै श्रीनगर डाँडासम्म सौन्दर्य करण गर्ने योजना कोरोना सङ्क्रमणका कारण शुरुवात हुन सकेन । प्रदेश सरकारको बीस लाख लगानीमा सिँढी मर्मत तथा रेलिङको काम शुरुवात नहुँदा बजेट खर्च हुन नसकेको हो । 
धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कमा एक भारतीय नागरिकले सञ्चालन गरेको नाई पसलमा आइतबार कपाल काट्दै स्थानीय युवाहरु । धनगढीमा कोरोना सङ्क्रमणको जोखिम कायमै रहे पनि जोखिमबाट बच्न उक्त नाई पसलमा कसैले पनि मास्क प्रयोग र सामाजिक दूरी नै कायम गरेको देखिएन ।
डोटीको सायल गाउँपालिकास्थित सेरा खेतमा धान काट्दै महिला । समयमै धानबाली पाकेका कारण अहिले यहाँका महिलालाई धान काट्ने चटारो बढेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: