×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंकले नेपाललाई गर्यो २० करोड अमेरिकी डलर बराबरको सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विश्व बैंकले नेपाललाई गर्यो २० करोड अमेरिकी डलर बराबरको सहयोग

Artha Sarokar

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्व बैंकले नेपाललाई २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का समस्यामा परेको अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई सहयोग प्रदान गर्न लागेको हो ।
बैंकले फाइनान्स फर ग्रोथ विकास नीति अन्तरगत कोभिड–१९ का वित्तीय क्षेत्रको स्थायित्वलाई थप बलियो बनाउन, वित्तीय साधनलाई थप विविधिकरण गर्न र वित्तीय सेवाको पहुँच अभिबृद्धि गर्नको लागि सहयोग पुर्याउने उद्देश्यका साथ यस्तो सहयोग गरिएको जानकारी दिएको छ ।
‘कोभिड– १९ को समयमा मानिसको ज्यान जोगाउनु प्राथमिकता हो तर, आर्थिक सुधारलाई जोड दिनु पनि उत्तिकै जरुरी छ, यो परियोजना र विश्व बैंकको सहयोगले वित्तीय क्षेत्र, पुँजी र बीमा बजारको अभिबृद्धिलाई अझ सुदृढ पार्न र नेपालको कोभिड–१९ का कारण समस्यामा परेको अर्थतन्त्रको पुनरुत्थानमा बढी प्रभावकारी रूपमा योगदान पुर्‍याउनको लागि मार्ग प्रशस्त गर्नेछ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फरिस हदाद जर्भोसले भने।
यो फाइनान्स फर ग्रोथ सहयोग परिचालनबाट विशेष गरी महामारीको प्रभाव न्यूनिकरणका लािग बैंक तथा वित्तीय संस्थाहरुको जोखिमको नियमन र सुपरीवेक्षण गर्न सहयोग पुग्ने विश्व बैंकको विश्वास छ । यस्तो सहयोग रकमबाट पुँजी, बीमा, उद्यम पुँजी, निजी इक्विटी र प्रकोप जोखिम न्यूनिकरण गरी थप लगानी गर्न स्रोध उपलब्ध हुने बताइएको छ । यसले बजारमा लगानीका थप अवसरहरु सिर्जना गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी