
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । कृषि विकास बैंकले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले बैंककाे मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

खल्तीसँगकाे सम्झाैतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिग र इन्टरनेट बैंकिक सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । खल्तीमा लाेड गरिएकाे रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयाेग गर्न सक्नेछन् ।
यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा कृषि विकास बैंकले गरेकाे छ । ग्राहकहरूले डिजिटल डिजिटल बैंकिंगमा अझ धेरै सुविधा पाउँले बैंकले जनाएकाे छ ।
सम्झौता अनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन् । कृषि विकास बैंकका ग्राहकले ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्टीमा रकम लोड गर्न सक्नेछन् ।
खल्ती सन् २०१७ जनवरीमा सुरू भएकाे नेपालकाे उदाउँदाे मोबाइल भुक्तानी सेवा प्रदायक हाे । यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानकाे टिकट बुकिंग, चलचित्र टिकट बुकिंग, विभिन्न कार्यक्रमकाे टिकट बुकिँग, होटल बुकिंग, अखबारकाे ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेकाे बिल तिर्न सकिन्छ । खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हाे । खल्तीकाे प्रयाेग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दै आएका छन् ।
खल्ती कसरी डाउनलाेड गर्ने ?
खल्तीको मोबाइल एप एन्ड्राेइड प्लेटफर्ममा प्ले स्टाेर, एप्लका डिभाइसहरूमा एप स्टाेर र खल्ती एप बाट डाउनलोड गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्