×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा मुख्य योजनाकारसहित तीन जना बौद्धबाट पक्राउ ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा मुख्य योजनाकारसहित तीन जना बौद्धबाट पक्राउ ! (भिडियो रिपोर्ट)

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन । भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले बताएको छ । 
जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपीटबाट गम्भिर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताउनुभयो । कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गम्भिर चोट देखिएको उहाँले बताउनुभयो । 
कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लगेर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी अपराधिहरुलाई पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । उनीहरुको साथबाट बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, सुन विक्रिबाट प्राप्त १ लाख ५५ हजार मध्ये ५४ हजार ६ सय रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको छ । 
कर्तव्य ज्यान मुद्दा र लुटपाट अभियोमा उनीहरुलाई भक्तपुर जिल्ला अदालत लगिने प्रहरीले बताएको छ । अपरेशनमा संलग्न प्रहरी अधिकारी र जवानहरुलाई नगद सहित सम्मान पनि गरिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: