×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आश्विनको चौथौ साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् ‘विक्ली प्रोडक्ट रिपोर्ट’ (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

आश्विनको चौथौ साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् ‘विक्ली प्रोडक्ट रिपोर्ट’ (विवरणसहित)

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। बैंकले आफ्नो ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्नको लागि नयाँ नयाँ प्रोडक्ट बजारमा ल्याउने क्रम जारी छ । आश्विन चौथौ साता यी ३ बैंकले आफ्नो नयाँ प्रोडक्ट बजारमा ल्याएको छ।
काठमाडौं । मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आज(असोज १६ गते)बाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन् ।
स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंकले जनाएको छ ।‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो । ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’, मेगा बैंककी सीईओ खुञ्जेलीले भनिन् ।
व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ । किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज हुने बैंकको विश्वास छ ।
दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गर्दै याे याेजना सार्वजनिक गरेकाे हाे ।
यस योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
यस योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फर्स्ट कम फर्स्ट सर्भको आधारमा छुट प्रदान गरिने छ । यो योजना यही १९ आश्विनदेखि कात्र्तिक २ गतेसम्म, दुई साताका लागि लागु हुने बैंकले जनाएकाे छ ।
स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेकाे अवसरमा माछापुच्छ्रे बैंकले ट्वान्टी-ट्वान्टी (२०-२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडवाडमा हुने किनमेललाई ध्यान दिँदै बैंकले डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङमा क्यासब्याक दिने भएको छ ।
माछापुच्छ्रे बैंकका डेबिट/क्रेडिट कार्डवाहकले पीओएस वा इ-कमर्स साइटहरुमा भुक्तानीका साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यास ब्याक हुनेछ । बैंकको वार्षिकोत्सवका अवसरमा यो योजना २० दिनसम्म सञ्चालन हुने जनाइएको छ । यो स्किममा सहभागी हुन ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नु पर्नेछ ।
माछापुच्छ्रेका देशभर १६० शाखाका साथै १३३ वटा शाखारहित बैंकिङ सेवा इकाइ छन् । बैंकका ५ एक्सटेन्सन काउन्टर पनि छ। माछापुच्छ्रे बैंक गत वर्षको साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: