- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डुले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दशैंलाई लक्षित गर्दै मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएका हो ।

व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डूले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । यस योजना अनुसार ग्राहकले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु. १००० वा सो भन्दा बढि भएमा रु. ३०० नगद उपहार लागि ग्राहकहरु योग्य हुनेछन् ।
यस योजनामा सहभागी हुनको लागि ग्राहकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ, रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनुपर्नेछ, उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा रु. १,००० वा सो भन्दा बढी हुनुपर्नेछ । यसका साथै ग्राहक महानुभावहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, दक्षिणा कारोबारको विबरणमा दक्षिण राख्नुपर्नेछ ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा व्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन बैंकले अनुरोध गरेकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्