- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले आश्विनको तेश्रो साता ३ बाट बैंकले विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएका छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजबाट तुलसीपुर शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी दाङ्ग जिल्लाको तुलसीपुर शाखा संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखा विस्तार गरेको बताएको छ ।
उक्त शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न रिटेल बैकिंग सेवा अन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्नुका साथसाथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सनराइज बैंकले बाँकेकाे सीतापुर खजुरा गाउँपालिका–२ मा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा साे शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भएको थियो ।
सोही समारोहमा प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२२ पुगेको छ ।
बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं. ४, थाडमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय प्रेम सिंह महरा र संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. १०, खराङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय ललित बहादुर कटुवाललाई नियुक्त गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्