×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मृत्युपछी गाडिएको शव निकाल्न माग गर्दै धनगढीका स्थानिय आन्दोलित, भन्छन्- ‘शव ननिकाले विद्रोह गछौँ…!” (फोटो-कथा)

PRIME CA

मृत्युपछी गाडिएको शव निकाल्न माग गर्दै धनगढीका स्थानिय आन्दोलित, भन्छन्- ‘शव ननिकाले विद्रोह गछौँ…!” (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । मृत्युपछी गाडिएको कोरोना संक्रमितको शव निकाल्नुपर्ने माग गर्दै धनगढीमा स्थानिय आन्दोलित भएका छन् । मृत्युपछी कोरोना संक्रमितको शव कब्रिस्तानमा गाडेको र उक्त शव त्यहाँबाट निकालेर अन्यत्रै व्यवस्थापन गर्नुपर्ने माग राख्दै स्थानियले विरोध जनाएका छन् । धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलालाई मानवबस्तीको बीचमा रहेको कब्रिस्तानमा व्यवस्थापन गरेपछी स्थानिय आन्दोलित भएका हुन् । 
सेती प्रादेशिक स्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएको थियो । शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रिस्तानमा शव गाडेका हुन् । 
अहिलेसम्म कोरोना संक्रमितको व्यवस्थापन नेपाली सेनाले मानवबस्ती भन्दा अलग्गै ठाउँमा गर्दै आएको र अहिले भने मानवबस्तीकै बीचमा व्यवस्थापन गरेको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् । विरोधमा उत्रिएका उनिहरुले शव त्यहाँबाट निकालेर अन्यत्रै व्यवस्थापन गर्नुपर्ने बताएका छन् । त्यस्तै उक्त विषयप्रति प्रशासन यथासिघ्र गम्भिर नभए विद्रोह गर्ने उनिहरुले चेतावनि समेत दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: