
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले आश्विनको चौथौ साता ३ बाट बैंकले विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएका छन्।

ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ ।
बैंकले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका वडा नं. ८, सत्यवतीमा स्थानिय छवि सरा सिंजाली, रौतहटको जिल्लाको कटहरीया नगरपालिका वडा नं. ५, कटहरीयामा स्थानिय महमद जलालुदीन हक र गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं. ६, अर्जेमा स्थानिय भरत पराजुलीलाई नियुक्त गरेकाे छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लिमिटेडले आजदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी मेडिकल कलेज परिसरमा आज बिहान १०:०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. रबिन्द्र श्रेष्ठले एक समारोहकाबीच प्रभु बैंक गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।
गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८:०० बजेदेखि साँझ ७:०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले उद्घाटन गरेका हुन् । योसंगै शाखा सञ्जाल ८३ पुगेको छ ।
महेन्द्रनगर शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्