×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सशक्तिकरण : काश्मीर महिलाहरुको कार र्‍याली

PRIME CA
GLOBAL IME BANK

महिला सशक्तिकरण : काश्मीर महिलाहरुको कार र्‍याली

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

नयाँ दिल्ली । महिलालाई गाडी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले श्रीनगर ट्राफिक प्रहरीको सहयोगमा कार र्‍याली आयोजना गरेको छ । एक गैरसरकारी संस्थाको सहयोगमा महिला चालकहरुले कार र्‍याली निकालेका हुन् । एक सहभागी सहभागी शेख सबाले महिला चालकहरुको सम्मानका लागि पुरुषहरुलाई हौसला प्रदान गर्न र्‍याली आयोजना गरेको बताइएको छ । 
“यस जुलुसको उद्देश्य महिलाहरु पनि राम्रो ड्राइभर हुनसक्छन् भन्‍ने पुष्टि गर्नु हो । मानिसहरूले महिला राम्ररी गाडी चलाउँदैनन् भन्‍ने मिथक रहेको छ । तर यदि हामी घरहरू, अफिसहरू चलाउन सक्छौं भने हामी किन सवारीहरू चलाउन सक्दैनौं ? यो जुलुसको उद्देश्‍य महिला चालकहरुको सम्मान देखाउनु हो,” सबाले एएनआईलाई बताइन् ।
अर्का सहभागी डा. शर्मिलले जनतामा चेतना जगाउनु महत्वपूर्ण कुरा रहेको बताइन् । “यी जुलुसहरू नियमित रुपमा गरिनु पर्दछ । जनतामा चेतना जगाउनु महत्वपूर्ण हुन्छ । यसले महिला चालकहरूलाई पनि प्रोत्साहित गर्दछ । यो महिला सशक्तिकरणको स्रोत हो । यो पहिलो पटक यस्तो किसिमको जुलुस भइरहेको छ,” उनले भनिन् ।
कार र्‍यालीका आयोजक सय्यद सिब्तेन कादरीका अनुसार दुर्घटनामा पुरुष चालकहरू भन्दा महिला चालकहरु कम संलग्‍न छन् । “हामीले महिलाहरूलाई बढी गाडी चलाउन प्रोत्साहित गर्नुपर्दछ,” उनले भने । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: