×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रान्च मेनेजर सहित सेञ्चुरी बैंकका थप ४ जनामा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा कार्यालय सिल

PRIME CA
GLOBAL IME BANK

ब्रान्च मेनेजर सहित सेञ्चुरी बैंकका थप ४ जनामा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा कार्यालय सिल

२९ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सेन्चुरी बैंकमा कार्यरत थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनगढी शाखाका ब्रान्च मेनेजर सहित अन्य ४ कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 
बैंकमा कार्यरत एकजना कर्मचारीमा संक्रमण देखिएपछि अन्यको परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बैंकले जनाएको छ । संक्रमण पुष्टी हुनेमा बैंकका ब्रान्च मेनेजर, कर्जा शाखामा काम गर्ने २ जना र ओपरेशन इन्चार्ज रहेका छन् । बैंकका कर्मचारीमा संक्रमण देखिएपछि बैंकको उक्त शाखा सिल गरिएको छ ।
संक्रमित कर्मचारीको अवस्था समान्य रहेको बैंकले जनाएको छ । कन्ट्याक ट्रेसिङ्गका आधारमा गरिएको परिक्षणमा अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ । अवस्था सुधार नहुँदा सम्मका लागि बैंकको सम्पुर्ण सेवा बन्द गरिएको र अवस्था सामान्य भएपछि कोरोना रिपोर्ट नेगेटिभ आएका कर्मचारीद्धारा सुरक्षा उपाय अपनाएर पुनः सेवा सञ्चालन गर्ने बैंकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: