×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीन र पाकिस्तानले पूर्वी तुर्किस्तानमाथिको उत्पीडनबारे विश्वले आँखा बन्द गरुन् भन्‍न चाहन्छन्

PRIME CA
GLOBAL IME BANK

चीन र पाकिस्तानले पूर्वी तुर्किस्तानमाथिको उत्पीडनबारे विश्वले आँखा बन्द गरुन् भन्‍न चाहन्छन्

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

बेइजिङ । चीन र यसका समर्थक राष्ट्रहरुले पूर्वी तुर्किस्तानमा इस्लामहरुमाथि भइरहेको उत्पीडनबारे विश्वले आँखा बन्द गरोस् भन्‍ने चाहन्छन् । दक्षिण एसियाली डेमोक्रेटिक फोरम (एसएडीएफ) द्वारा ‘पूर्वी टर्कीस्तानमा इस्लाम उत्पीडन’ सम्बन्धी आयोजित वेबिनारमा सहभागीहरूले पूर्वी टर्कीस्तानमा चीनले गरेको मानव अधिकार उल्लंघनको बारेमा छलफल गरे र पाकिस्तानजस्ता राज्यहरूको कपटपूर्ण मौनता रहेको बताए । 
मुस्लिम राज्य दाबी गर्ने पाकिस्तानले चीनको सिन्जियाङमा रहेका मुस्लिम उइगर मुद्दामा मौनता देखाउनु कपटपूर्ण भएको सहभागीहरुले बताएका छन् । उक्त कार्यक्रमलाई एसएडीएफका कार्यकारी निर्देशक पौला कासाकाले सञ्चालन गरेका थिए । 
उइगर अभियान (सीएफयू) का कार्यकारी निर्देशक रुसन अब्बासले पूर्वी तुर्कस्तानमा चीनले धर्मका नाममा मानिसहरुको स्वतन्त्रता र इस्लामिक संस्कृतिमाथि दमन गरेको बताएकी छन् । चीनले पूर्वी टर्कीस्तान क्षेत्रको मस्जिदको एक तिहाइ भागलाई ध्वस्त पारेको थियो ।
“पाकिस्तानजस्ता मुस्लिम बहुसंख्यक देशहरूले कहिलेसम्म चिनियाँ रगत पसिनालाई लगानीको रूपमा प्राप्त गर्न सक्दछन्,” उनले प्रश्‍न गरिन् । उनले सबै देशलाई चीनको नरसंहारविरुद्ध बोल्‍नसमेत आग्रह गरेकी छन् । 
गिलगिट बलिचस्तान अध्ययन संस्थानका अध्यक्ष सेन्गे सेरिंगले गिलगिट बलिचस्तानका चिनियाँ र पाकिस्तानीहरूले परिवार, विशेष गरी महिला र बालबालिकालाई आक्रमण गर्ने गरेको बताएका छन् । चीनको तिब्बत र सिन्जियाङको आर्थिक शोषण र सांस्कृतिक नरसंहारको नीति अब कोरोना भाइरसजस्तै गरी पाकिस्तानमा पश्तुन, गिलगिट बाल्टिस्तान र बलुचिस्तानमा फैलिएको छ ।
जहाँ चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता नीतिहरू लिएको चीनले सीमा विवाद र तनावलाई बढावा दिइरहेको थियो र फूटको नीति अपनाइरहेको छ ।
गिलगिट बलिचस्तानको स्वायत्तता अस्वीकार गर्न चीनले पाकिस्तानलाई जबरजस्ती गरिरहेको छ र त्यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रुपमा लिइएको छ । सेरिंगले पाकिस्तानले गिलगिट बलिचस्तानका जनतालाई आधारभूत अधिकार दिनसमेत अस्वीकार गरेको र यो सिन्जियाङ र तिब्बतमा चिनियाँ नीतिहरूको प्रतिकृया भएको बताएका छन् । फजल – उर – रहमान अफरीदी, युरोपियन युनियन र संयुक्त राष्ट्रका लागि पीटीएम प्रतिनिधिले सेरिंगलाई पश्तोनको चिन्ता व्यक्त गर्नका लागि पाकिस्तानमा पनि धम्की दिइएको बताएका छन् । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: