×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तिव्रता दिँदै काठमाडौं महानगर, जोखिमबाट बच्न आग्रह ! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तिव्रता दिँदै काठमाडौं महानगर, जोखिमबाट बच्न आग्रह ! (भिडियो)

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तिव्रता दिएको छ । महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाव संकलन गरिरहेको हो । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा स्वाव संकलन गरिरहेका छन । 
एक स्थानमा कम्तिमा २ सय जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन भइरहेको वडा नम्बर १७ वडासचिव राजेश श्रेष्ठले बताउनुभयो । परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिरहेको उहाँले बताउनुभयो ।
सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिसटेन्ट तथा स्वाव कलेक्सन टिमका संयोजक ऋषि भुसालले महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाव संकलनको काम गरिहेको बताउनुभयो । सरकारी प्रोटोकल अनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भएपनि कतिपय व्यक्तिहरुले दोहो¥याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो ।
अहिले देशभरी नै कोरोना संक्रमितको संख्या बढीरहेको छ । काठमाडौं लगायतका उपत्यकाका तीन वटै जिल्लाहरुमा संक्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरुक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरिहेको छ । भिडभाड भएको ठाउँमा नजाए, भौतिक दुरी कायम गरे, अनिवार्य रुपमा मास्क लगाएमा र बिना काम घर बाहिर ननिस्किेमा संक्रमणको जोखिमबाट बच्न सकिन्छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: