
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । अनलाइन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठुलो दशैं सेल ‘दराज दशैं धमाका’ लिएर आएको छ । चाडपर्वलाई लक्षित गर्दै दराजले यस्ताे अफर ल्याएकाे हाे ।
यो अफर असोज १९ (अक्टोबर ५) देखि शुरु हुने भएको छ । दिनहुँ कोभिडका केसेहरु बढ्दै जाँदा यस अफर मार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्ने दराजले जनाएकाे छ ।
यस अफर अन्तर्गत उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाइने ब्रान्डेड उत्पादनहरूमा भारी छुट पाउनुकाे साथै आकर्षक भाउचर, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छुट र अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् ।
यस्तै दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (अधिकतम २५०० रुपैयाँ) सम्मको छुटकाे पनि व्यवस्था गरेको छ । नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकका कार्ड प्रयाेगकर्ताले यसकाे प्रयाेग गर्न सक्नेछन् ।
यसका साथै उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराजले अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ । यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरु बीच हुनेछ । यस प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्नेछन् ।
यसबाहेकनेपालबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जित्ने छ भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन् ।
प्रतियोगिता २१ देखि २२ असोज हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एन्ड्रोइड एपमा आयोजित हुने दराजले जनाएकाे छ । यस प्रतियोगितामा भाग लिनको लागि ५ देखि २१ असोजभित्र दराज एप मार्फत अनिवार्य दर्ता हुनुपर्नेछ ।
दराजकाे यस अभियानका लागि पार्टनर ब्रान्डहरू टाइटन, आमारया, म्यकेन्रो, सामसंग, इन्फिनिक्स, रंगोली, कोलगेट, लोट्टो, अर्क, भान्स, एमआई, होम ग्लोरी, सीजी, मेडिया, एलजी, जुआस, मामाअर्थ, फ्यानटेक, वर्ल्पुल,यासुडा, पाल्सनिक, न्यू ब्यालेन्स, एक्स (एज, गिटार शप, पियाजाइतालिया, कन्भर्स, र सोनी रहेका छन् । उपभोक्ताहरुले यी ब्रान्डका खास उत्पादनहरुमा ६० प्रतिशत सम्मको छुट पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्