Skip to content
LAXMI SUNRISE BANK

सुन बाँड्दै हिड्ने इतिहासकै यी धनी मानिस, जसको सम्पत्ति अहिलेको मूल्यमा गणना नै गरका सकिंदैन…

अर्थ सरोकार

  • एजेन्सी

मार्क जुगर्बर्ग, अम्बानी, बिलगेट्स, वा नेपालको सन्दर्भमा विनोद चौधरी । हामीले सुनेको, बुझेको धनी मान्छेहरुको नाम यस्तै यस्तै छ । तर मानव इतिहासमा एकजना यस्ता व्यक्तिसमेत थिए, जसको धन सम्पत्तिको कीर्तिमान अहिलेसम्म कसैले पनि भंग गर्न सकेको छैन । उनको सम्पत्ति यतिधेरै थियो कि त्यसको आकलन गर्न पनि गाह्रो थियो । उनी अर्थात मनसा मुसा प्रथम ।

उनी तत्कालीन अफ्रिकी राज्य टिम्बकटूका राजा थिए । जुन अहिले अफ्रिकी देश मालीको एक सहर हो । ती राजाले शासन गर्ने समयमा मालीमा सुनको विशाल भण्डार थियो भने उनको शासनकालमा त्यहाँ वर्षदिनमा १ हजार किलो सुन उत्पादन हुन्थ्यो ।

उनको बारेमा यतिसम्मको इतिहास छ कि उनी कायरोको बाटो हुँदै मक्कातर्फ गएका थिए । उनले कायरोमा ठूलो परिमाणमा सुन दान गरेका थिए । दानमा पाएको सुनका कारण कायरोबासीहरू धनी भए ।  ती राजासँग तत्कालीन समयमा भएको धन सम्पत्ति अहिलेको मूल्यमा गणना गर्दा गणनै गर्न नसकिने अंकमा रहेको इतिहासकारहरू बताउँछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK