×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनी ‘अपराधी’को रोचक किस्सा, जाडो हुँदा नोट बालेर आगो ताप्थे, अर्बौँ रुपैयाँ त वर्षेनी मुसाले खाएर सकिन्थ्यो…

PRIME CA
GLOBAL IME BANK

धनी ‘अपराधी’को रोचक किस्सा, जाडो हुँदा नोट बालेर आगो ताप्थे, अर्बौँ रुपैयाँ त वर्षेनी मुसाले खाएर सकिन्थ्यो…

१५ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • एजेन्सी
लागू औषध अपराधीका रुपमा कुख्यात एस्कोबारको सम्पत्ति सन् १९८९ २५ अर्व अमेरिकी डलर थियो भने उनी त्यतिबेला विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा सातौँ नम्बरमा परेका थिए । यो फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको तथ्य हो । उनी यतिसम्म धनी थिए कि राजनीतिमा प्रवेश गर्नका लागि उनले तत्कालीन अवस्थामा कोलम्बियाको १० अर्ब राष्ट्रिय ऋण तिरिदिने प्रस्ताव राखेका थिए ।
उनको बारेमा एक अर्को रोचक कथा पनि छ । एकचोटी उनले कहीँ यात्रा गर्दै थिए । बाटोमा जाडो भयो । त्यसपछि उनले आगो ताप्नका लागि गाडीमा रहेका २० लाख डलर बराबरका नोटका गड्डी झिके । अनि त्यहीँ नोटमा आगो सल्काएर आगो तापे ।
पाब्लोका भाई रोबर्टो एस्कोबारका अनुसार आफुसँग भएको नगदको गड्डी बाँध्नका लागि मात्र उनले हरेक हप्ता १ हजार डलर बराबरको रबर व्याण्ड खरिद गर्ने गर्दथे । उनले धनका गड्डीलाई आफ्नो गोदाममा राख्दथे । गोदाममा मुसाको बिगबिगी थियो । जसका कारण प्रतिवर्ष करिब १ अर्ब डलर बराबरका नगद नोट त मुसाले नै टुक्राटुक्रा पारिदिन्थ्यो ।
अन्ततः सन् १९९३ डिसेम्बर २ मा गोली लागेर उनको मृत्यु भयो । उनलाई गोली कसले हान्यो भन्ने विषय पनि यकिन हुन सकेन । कतिपयले उनले आत्महत्या गरेको दाबी गरे भने कतिपयले पुलिसले गोली हानेर मारेको बताए ।
दुनियाँका सबैभन्दा धनी तथा सफल अपराधी पाब्लोको बारेमा धेरै किताब लेखिएका छन् र फिल्म समेत बनेका छन् । एजेन्सीको सहयोगमा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: