×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: सरकारसँग ८ बुँदे सहमति भएपछी डा. केसीले तोडे १९औं आमरण अनशन, दिए सबैलाई धन्यवाद ! (भिडियो रिपोर्ट)

PRIME CA

अन्तत: सरकारसँग ८ बुँदे सहमति भएपछी डा. केसीले तोडे १९औं आमरण अनशन, दिए सबैलाई धन्यवाद ! (भिडियो रिपोर्ट)

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीले आज (आइतबार) अनशन तोडनुभएको छ । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले १९औं आमरण अनशन तोडनुभएको हो । उहाँ २८ दिन देखि आमरण अनशनमा हुनुहुन्थ्यो । डा. केसीले आइतबार बिहान त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडनुभएको हो ।
डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लाबाट १९औं अनशन सुरु गर्नुभएको थियो । डा. केसीलाई सरकारले अनशनको आठौं दिन काठाडौं ल्याएको थियो । शनिबार राती भएको सहमति पछि त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । डा. केसीले अनशन तोडनुअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीहरुलाई धन्यवाद दिनुभएको छ । यस्तै अनशन तोडनुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको सहमतिपत्र पढेर सुनाउनुभयो ।
सरकार र डा. केसी बीच सरकारी मेडिकल कलेज तथा स्वासथ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, कोभिड १९ को उचित व्यवस्थापनका लागि पीसीआर परीक्षणको विस्तार गर्ने, अन्य विरामीको उपचारका लागि सरकारी अस्पतालहरुको क्षमता विस्तार गर्ने, बयंलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने लगायतका विषयमा सहमति भएको छ ।
त्यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तीका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलले दिएको सुझाव अनुरुप पदाधिकारी नियुक्त गर्ने व्यवस्था मिलाउने विषयमा समेत सहमति भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ संशोधन गर्ने सम्बन्धमा सरकार र डा. केसी बिच २०७५ साल साउन १० गते भएको सम्झौताको कार्यान्वयन गर्ने, स्नातकोत्तर तहको सिट विभाजन सम्बन्धमा चिकित्सा शिक्षा आयोगको परामर्शमा वैधानिक एवं न्यायोचित अनुपात कायम हुने गरी पुनरावलोकन गर्ने सम्बन्धमा पनि सहमति भएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: