- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
यस उपहार योजना अन्तर्गत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढिले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् ।
यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिमा इसेवा मार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरि बिजेता घोषणा गरिनेछ । विजेताहरू हरेक हप्ता सार्बजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिनेछ ।
यस उपहार योजनामा इसेवाले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्