×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण ऋण दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण ऋण दिने

Artha Sarokar

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण दिने भएको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा उक्त ठाउँका ग्राहकलाई सो सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो ।
यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले हस्तान्तरण गरेका छन् ।
बैंकले हाल ७ ओटै प्रदेशमा गरी ९८ शाखा कार्यालय , ३० राजश्व सङ्कलन काउन्टर तथा १२९ स्थानमा एटीएम काउन्टर मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी