×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभरका आँखा अस्पतालहरुमा विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाईदैँ, नेत्ररोग विशेषज्ञले दिए यस्तो सुझाव…! (भिडियो)

PRIME CA

देशभरका आँखा अस्पतालहरुमा विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाईदैँ, नेत्ररोग विशेषज्ञले दिए यस्तो सुझाव…! (भिडियो)

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । आज अक्टोबर आठ तारिख अर्थात विश्व दृष्टि दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाईदै छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ । अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उध्येश्यसहित विश्व दृष्टि दिवस मनाइएको बताउनुभयो । 
आँखामा सानो हेलचेक्रयाई गर्दा समेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने उहाँको भनाई छ । मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुले आँखाको उपचार नियमित रुपमा गर्नुपर्ने डा. खड्काले बताउनुभयो ।
नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका विरामीले विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । मधुमेह भएका विरामीमा आँखाको दृष्टि गुम्ने, आँखाबाट रगत बग्नेलगयतका समस्या देखिने गरेको बताउनुभयो । विश्व आँखा दिवसको अवसरमा खासगरी मधुमेहका विरामीलाई आँखाको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिन खोजिएको डा. शाक्यले बताउनुभयो ।
विश्वमा प्रत्येक ८ जना आँखाको विरामी मध्ये एक जना मधुमेहका कारण विरामी भएको तथ्याङ्क रहेको र नेपालमा ४ जना मध्ये १ जना मधुमेहको कारण आँखाको समस्या आउने तथ्याङ्क रहेको डा. शाक्यले बताउनुभयो । विश्व दिवसकै अवसरमा नेपालका विभिन्न आँखा अस्पतालहरुमा विशेष कार्यक्रम गरी मनाइएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: