×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा

अर्थ सरोकार

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार

PRIME CA

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२९ पुगेको छ ।
बैंकले रोल्पा जिल्लाको गंगादेव गाँउपालिका वडा नं. ७, ताप्लाबजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कमला ओली र सिराहा जिल्लाको कल्याणपुर गाँउपालिका वडा नं. ६, कल्याणपुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा किरण कुमारी साहलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
बैंकले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: