- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार १९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।