- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम सुनको मूल्य ८० हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।