- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार २ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।