- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ९ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ कायम गरेको छ ।