- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।