×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको बेला भोकै बस्नु नपरोस् भन्दै उपत्यकाका १ सय ५० दृष्टिविहीनलाई अभियान्ताहरुको सहयोग (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

दशैंको बेला भोकै बस्नु नपरोस् भन्दै उपत्यकाका १ सय ५० दृष्टिविहीनलाई अभियान्ताहरुको सहयोग (भिडियो रिपोर्ट)

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । दशैंको बेला भोकै बस्नु नपरोस भन्दै अभियान्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १ सय ५० दृष्टिविहीनहरुका लागि अभियान्ताहरुले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएका छन् । शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघसंस्थाहरुको सहयोगमा उपत्यकामा बसोबास गर्दै आएका दृष्टिविहीनहरुलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको अभियान्ताहरुले बताएका छन् । सामाजिक अभियान्ता बिमल पन्तले दशैंको बेला खानेकुराको समस्या नहोस भन्ने उद्देश्यले महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघसंस्थाको सहयोगमा करिब १ सय ५० दृष्टिविहीहरुलाई खाद्यान्न सहयोग गरिएको बताउनुभयो ।
कुनैपनि आयस्रोत नभएका र सडकमा गीत गाएर संकलन गरेको रकमबाट जीविको पार्जन गर्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको पन्तले बताउनुभयो । राहतस्वरुप १५ दिनलाई पुग्ने नुन, तेल, दाल, चामल उपलब्ध गराइएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: