×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रविधिको चुनौति र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्छ’ : महानिर्देशक कर्ण (भिडियो रिपोर्ट)

PRIME CA

‘प्रविधिको चुनौति र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्छ’ : महानिर्देशक कर्ण (भिडियो रिपोर्ट)

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । आज अक्टोबर ९ तारिख अर्थात विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ४६ औं विश्व हुलाक दिवस मनाईंदै छ । यसवर्ष ‘मोर देन मेल’ मुख्य नरासा सहित विश्वभर हुलाक दिवस मनाईंदै छ । काठमाडौंको चारखाल स्थित गोश्वरा हुलाक कार्यालयमा पनि कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रविधिको चुनौति र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवस्यकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समयको सेवा प्रवाहलाई समयसापेक्ष बनाउन संगठनको संरचनात्मक सुधार, कर्मचारीमा उत्प्रेरणा र स्रोतसाधनको उपयोग अधिकतम बनाउनुपर्नेमा जोड दिनुभयो । हुलाक सेवालाई समय सापेक्ष र प्रतिस्पर्धि बनाउन सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने समेत श्रेष्ठले बताउनुभयो । bana
संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो । नेपालले भने १९५६ मा उक्त संघको सदस्यता लिएको थियो । सदस्यात लिएसँगै हरेकवर्ष नेपालमा पनि विश्व हुलाक दिवस मनाईंदै आएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: