Skip to content
LAXMI SUNRISE BANK

भारत, बंगलादेशद्वारा बंगालको खाडीको बोङ्‌गोसागरमा संयुक्त सैन्य अभ्यास

अर्थ सरोकार

नयाँ दिल्ली । भारत र बंगलादेशबीच दोस्रो संस्करणको द्विपक्षीय संयुक्त सैनिक अभ्यास बंगालको खाडीको बोङ्‌गो सागरमा सम्पन्‍न भएको छ । दुबै नौसेनाका जहाजहरूले सतह युद्ध अभ्यास, समुद्री जहाज विकास र हेलिकप्टर ह्यान्डलिङको अभ्यास गरेका थिए । 

समाचार एजेन्सी एएनआईका अनुसार भारतीय नौसेना जहाज किल्टन, खुख्री र बंगलादेश नौसेनाका जहाज अबू बक्र, प्रोटोय, हेलो र एमपीएले युद्धाभ्यास, सतह ड्रिल, हेलो अपरेशन र सामुद्रिक युद्ध अभ्यास गरेका थिए । 
अभ्यासको पहिलो संस्करण गत वर्ष अक्टोबरमा आयोजना गरिएको थियो । बोङ्‌गो सागरपछि भारत बंगलादेश कोर्डिनेटेड पेट्रोलको तेस्रो संस्करण ४-५ अक्टोबरमा हुनेछ । बोङ्‌गो सागर अभ्यसाको उद्देश्य समुद्री अभ्यास र अपरेशनहरूको सञ्चालनबाट पारस्परिक क्षमता र संयुक्त परिचालन कौशलको विकास गर्नु रहेको दुबै मुलुकमा रक्षा मन्त्रालयले जानकारी दिएका छन् । 
कोर्पाट अभ्यासको क्रममा दुबै नाविकहरूले अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा (आईएमबीएल) को साथ संयुक्त गस्ती गर्ने भएका छन् । जहाजहरु बाहेक, दुबै नौसेना र हेलिकप्टरबाट समुद्री गस्ती विमानहरु पनि अभ्यासमा सहभागी थिए । बोङ्‌गोसागर र इन-कोर्पाटको यो संस्करणको १०० औं जयन्ति मुजीब बार्शोको दृष्टिकोणमा महत्वपूर्ण छ । -पब्लिक  न्युज एजेन्सी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK