Skip to content
LAXMI SUNRISE BANK

७औं चरणको बन्दे भारत मिसनअन्तर्गत अक्टोबरमा ८२० अन्तर्राष्ट्रिय उडान हुने

अर्थ सरोकार

नयाँ दिल्ली । कोरोना महामारीका कारण विभिन्‍न मुलुकमा अलपत्र परेका भारतीय नागरिकको उद्धारका लागि सुरु भएको बन्दे भारत मिसनको सातौं चरणमा अक्टोबरमा ८२० अन्तर्राष्ट्रिय उडानहरु हुने भएका छन् । नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विभिन्‍न १९ मुलुकमा ८२० वटा उडानहरु हुने जानकारी गराएका हुन् ।
 उनले सेप्टेम्बर २० सम्म बन्दे भारत मिसनअन्तर्गत १६.४५ लाख भारतीयहरुको विभिन्‍न मुलुकहरुबाट उद्धार गरिएकोसमेत जानकारी दिएका छन् । 
उनले भने, “छैटौं चरणको बन्दे भारत मिसनअन्तर्गत विभिन्‍न २४ मुलुकबाट करिब १.७५ लाख भारतीयहरुलाई उद्धार गरी देशभरका विभिन्‍न २४ वटा विमानस्थलमा विमानहरु अवतरण गरिएका छन् । जसमध्ये १४२ वटा फिडर फ्लाइट गरिएका थिए भने ८९४ अन्तर्राष्ट्रिय फ्लाइटहरु रहेका थिए ।” कोरोना महामारी बढ्दै गएपछि मार्च २५ देखि भारतले बन्दे भारत मिसन सुरु गरेको थियो । – पब्लिक न्युज एजेन्सी 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK