×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको बजेटको आधा रकम त भारतका ट्रक ड्राइभरले घुस खुवाउँछन्…!

PRIME CA
GLOBAL IME BANK

नेपालको बजेटको आधा रकम त भारतका ट्रक ड्राइभरले घुस खुवाउँछन्…!

१५ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपालमा फलानोले घुस खाए, फलानोले यति घुस खुवाए भन्ने धेरै सुनिन्छ । अझ सडकदेखि सदनसम्मका मान्छेहरुले घुस खुवाए भन्ने पनि सुनिन्छ । भ्रष्टाचारसम्बन्धि विश्वका अनेक किस्सा छन् । रमाइलो कुरा त के छ भने हाम्रो छिमेकी मुलुक भारतमा चाहिँ हाम्रो देशको वार्षिक बजेटको झण्डै आधा रकम त्यहाँका ट्रक ड्राइभरहरुले घुस खुवाउने गरेका तथ्य सार्वजनिक भएको छ ।
हाम्रो देश नेपालको वार्षिक बजेट नै झण्डै १५ खर्ब ३० अर्ब रुपैयाँ छ । यसको आधा रकम अर्थात झन्डै बार्षिक ५ खर्ब भारतमा ट्रक ड्राइभरहरुले त्यहाँका सरकारी कर्मचारीलगायतलाई घुस खुवाएको एक रिपोर्टले देखाएको छ । 
भारतमा ट्रक ड्राइभरहरुको अवस्थाका बारेमा अध्ययन गरी तयार पारिएको STUDY ON THE STATUS OF TRUCK DRIVERS IN INDIA शीर्षकको रिपोर्टले यस्तो देखाएको हो ।
सेभ लाइफ फाउन्डेसनले भारतको दिल्ली, मुम्बइ, चेनइ, कोलकाता, बैंगलोर, जयपुल लगायतका १० मूख्य सहरहरुमा १२ सय भन्दा धेरै ट्रक ड्राइभर र १ सय भन्दा धेरै ट्रक मालिक तथा कम्पनीहरुसँग गरेको कुराकानीका आधारमा उक्त रिपोर्ट तयार पारिएको बिबिसीले जनाएको छ । तथ्यांक अनुसार भारतमा ट्रकको संख्या ५९ लाख ३ हजार ३७० रहेको छ । ती ट्रक चलाउने ड्राइभरहरुले दैनिक २ सय २२ भारु घुस दिनु परिरहेको रिपोर्टमा उल्लेख छ ।
ट्रक ड्राइभरहरुले सडकमा गुडिरहँदा खासगरी सडक तथा यातायात कार्यालयका अधिकारीहरु, ट्राफिक तथा हाइवे पुलिस, चेक पोष्टहरु, आयकर अधिकारीहरु लगायतलाई घुस दिनु बाध्यात्मक स्थिति रहेको रिपोर्टमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: