
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शुक्रबार (आज) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा कम्पनीको आइपिओ बाँडफाँड भएको हो ।
जसमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खाली भएको छ। कम्पनीको सेयर २ लाख ७३ हजार जना आवेदकले मात्रै गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।
इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
आइपीओमा ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो । कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।
आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्