×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्है गरिब परिवारमा जन्मिएर विश्वकै धनी भएका ज्याकमा कसरी धनी बने ? यस्ता छन् उनका धनी बन्ने मन्त्र !

PRIME CA
GLOBAL IME BANK

सार्है गरिब परिवारमा जन्मिएर विश्वकै धनी भएका ज्याकमा कसरी धनी बने ? यस्ता छन् उनका धनी बन्ने मन्त्र !

१४ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • एजेन्सी
धनी बन्न कसलाई पो मन लाग्दैन र ! तर सबैजना यो संसारमा धनी हुँदैनन् । कसरी बन्ने त धनी ? विश्वप्रख्यात व्यवसायी तथा अलिबाबाका हाकिम ज्याकमाले धनी बन्ने ११ बुंदे सुझाव दिएका छन् । हेरौं उनले एक कार्यक्रमका बीच दिएको सुझावको नेपाली अनुवाद ।
१. अवसरको सोचाइलाई फराकिलो बनाउनुहोस् । सबै सम्भावनालाई सँगै लिएर जाने र प्रत्येक अवसरको लागि बाटो खुला राख्दै जानुहोस् ।
२. हरेक अवसरलाई खुला रूपमा व्यवहार गर्नुहोस् । यदि तपाईं ठूलो परिणाम हात पार्न चाहनुहुन्छ भने त्यसको लागि कुनै पनि अवसरलाई सानो र मध्यम भनेर विभाजित नगर्नुहोस् । तपाईंमा केही न केही शक्ति छ । त्यो शक्तिलाई समात्नुहोस् । 
३. आफूले आफैंलाई समीक्षा गर्नुहोस् । तपाईंको हालको स्थिति र तपाईंले चाहनुभएको स्थिति बुझ्ने प्रयास गर्नुहोस् । 
४. जे गर्नुछ छिटो गर्नुहोस् । छिटो भनेको हतार गर भनेको होइन । बरु योजना बनाएर बीचमा धेरै समय फुर्सदिलो बन्ने विषयलाई उल्लेख गर्न खोजिएको हो ।
५. परिस्थितिभन्दा परको कुरा हेर्नुहोस् ।तपाईंको वर्तमान अवस्था के छ ? कसरी वा कहाँ हुर्कनु भएको वा तपाईंको शिक्षा वा प्रशिक्षणको अभाव कस्तो छ  भन्ने कुरा मनन गर्नुहोस् ।
६. तपाईंको महत्वाकांक्षाको बाटो खन्नुहोस् र तपाईंको महत्वाकांक्षालाई एकोहोरो बनाउनुहोस् । 
७. साहसी हुनुहोस् र तपाईंको युवावस्थाको अवसरलाई सदुपयोग गर्नुहोस् ।
८. सिंगो टिमलाई साझा लक्ष्यमा एकीकृत गर्नुहोस् र आफैँलाई बदल्न योग्य बनाउनुहोस् ।
९. आफूभन्दा राम्रो सीप भएकालाई काममा लगाउनुहोस् र दूरदृष्टि, दुराग्रहरहित र सत् चरित्रयुक्त भएर जिउनुहोस्
१०. दृढ रहनुहोस् । सुरुवाती समयमा आफूले आफैँलाई कमजोर सोच्ने र हार खाने काम नगर्नुहोस् ।
११. क्षमताभन्दा मनोवृत्ति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई बुझ्नुहोस् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: