Skip to content
LAXMI SUNRISE BANK

दुनियाकै महंगो जेल, जहाँ एकजना कैदीका लागि करोडौँ खर्च हुन्छ, यी तथ्यले सारा संसारलाई अचम्मित बनाउँछ…

अर्थ सरोकार

जेल भन्ने बित्तिकै हामी अपराधीहरु राखिने ठाउँ बुझ्छौँ र हो पनि । जेल भन्ने बित्तिकै नारकीय जीवन हुन्छ भन्ने हामीमध्ये धेरैको सोच हुन्छ । तर क्युबामा यस्तो जेल छ जहाँ कैदीका लागि करोडौं खर्च हुन्छ । यो जेल ग्वान्तानामो खाडीको तटीय क्षेत्रमा छ, जहाँ अहिले ४० जना कैदी छन् । र, हरेक कैदीका लागि ग्वान्तानामो जेलमा वार्षिक रुपमा औषतमा झण्डै डेढ अर्ब रुपैयाँ बराबरको रकम खर्च हुन्छ ।
न्युओर्क टाइम्सका अनुसार उक्त जेलको सुरक्षार्थ झण्डै १८ सय सैनिक तैनाथ छन् । जेलमा तैनाथ सैनिकहरुका लागि मात्र हरेक वर्ष ६५ अर्ब रुपैयाँ बराबरको रकम खर्च हुन्छ । किन यस्तो धेरै खर्च गरेर यतिका धेरै सैनिक राखिन्छ त ? खासमा तथ्य के हो भने, त्यहाँ निकै कुख्यात तथा खतरनाक अपराधी कैदीहरु राखिएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावर आक्रमणका योजनाकार खालिद शेख मोहम्मद समेत त्यहीँ जेलमा राखिएका छन् ।
जेलमा दुईवटा गुप्तचर मुख्यालय र ३ वटा अस्पलतासमेत रहेका छन् भने वकिलका लागि समेत अलग अलग क्षेत्र छुट्टाइएको छ । साथै उक्त जेलमा चर्च, जिमखाना र सिनेमाघरको समेत व्यवस्था गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK