×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुसपैठ भएपछि चिनियाँ गस्ती जहाजलाई जापानी कोस्ट गार्डको चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घुसपैठ भएपछि चिनियाँ गस्ती जहाजलाई जापानी कोस्ट गार्डको चेतावनी

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

टोकियो । जापान कोस्ट गार्डले आइतबार पूर्वी चीन सागरको सेन्काकू टापुमा जापानको क्षेत्रीय पानीमा घुसपैठ भएको पाएपछि दुई चिनियाँ गस्ती जहाजलाई चेतावनी जारी गरेको छ । कोस्ट गार्डले चिनियाँ गस्ती जहाजले बारम्बार जापानी माछा मार्ने डुंगामा पुग्‍न खोजिरहेको र त्यसको जवाफ दिइने चेतावनी दिएको छ ।
क्षेत्रीय पानीभन्दा ठीक बाहिर यात्रा गरिरहेका तीन चिनियाँ जहाजहरूमध्ये दुईले आइतबार बिहान ११ बजे भन्दा पहिले ताइसो टापुमा प्रवेश गरेको र साँझसम्म उक्त क्षेत्रमै रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । कोस्ट गार्डले दुई गस्ती जहाजहरूलाई तुरुन्तै जापानको जहाजहरू छोड्नसमेत चेतावनी जारी गरेको छ ।
एनएचके वर्ल्डका अनुसार अगस्त २ पछि चिनियाँ सरकारले जापानको क्षेत्रीय पानीमा यस वर्ष १८ औं पटक प्रवेश गरेको हो । चीनले अमेरिका-चीन तनाव बढ्दै गएको केही महिनामा दक्षिण चीन सागर र पूर्वी चीन सागर दुबैमा आफ्नो समुद्री गतिविधिहरू बढाइरहेको छ ।
यी घुसपैठहरूलाई अमेरिकासहित विभिन्‍न मुलुकहरुले निन्दा गरेका छन् । उक्त सागरमा सैन्य अभ्याससमेत गरिने जापानको चेतावनी छ । -पब्लिक न्युज एजेन्सी 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी