- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले पनि बार्षिक शुल्क बुझाएको छ । बार्षिक शुल्क बुझाएसंगै नेपाल स्टक एक्सचेन्जले जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले आज एक सुचना जारी गर्दै उक्त कम्पनीको सेयर कारोबार फुकुवा भएको बताएको हो । बार्षिक शुल्क नबुझाएपछि नेप्सले आइतबार २५ कम्पनीको कारोबार शेयर कारोबार रोक्का गरेको थियो ।