×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीको बीमा गराउने

अर्थ सरोकार

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार

PRIME CA

ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीको बीमा गराउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनसँग आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहुलियत दरमा सामूहिक जीवन बीमाको सेवा प्रदान गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच कार्तिक ५ गते सम्झौता भएको हाे ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र नेपाल मेडिकल एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रम नेपाल मेडिकल एशोशिएशनका महासचिव डा.विनोद रिजाल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थितिमा भएको हो ।
उक्त सम्झौता अनुसार हाल विश्वभर महामारीको रुपमा फैलिरहेको र नेपालमा पनि तिव्रगतिमा फैलिंदै गरेको कोरोना भाइरसको महामारीको प्रतिकुल परिस्थितिमा पनि सेवामा समर्पित स्वास्थ्यकर्मीहरुले सहुलियत दरमा सामूहिक जीवन बीमा गर्न सक्नेछन् ।
ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस (कोभिड-१९), कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्यूको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्नेछ र अन्य योजनामा समेत सहजता प्रदान गर्नेछ ।
यो सामूहिक जीवन बीमा सरल र अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गरी, परिवारका सदस्यहरुको भविष्य सुनिश्चित गराउन सक्नेछन् । विभिन्न प्रतिकुल परिस्थितिमा पनि आफनो कर्मक्षेत्रमा निरन्तर क्रियाशिल स्वास्थ्यकर्मीहरु, यस सामूहिक म्यादी जीवन बीमाबाट बीमित सबैको मनोबल उच्च रहने कुरा नेपाल मेडिकल एशोशिएशन र ज्योति लाईफ इन्स्यारेन्सले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: