
काठमाडौँ । प्रत्येक वर्ष गुणस्तरीय स्याउ उत्पादन गर्ने पुलवामाका कृषकहरुले पछिल्लो समय पारित भएको कृषि कानुनप्रति खुसी व्यक्त गरेका छन् । पुलवामाका मुख्य बागवानी अधिकृत आर के कोतवालले पछिल्लो समय पारित भएको कृषि कानुन कृषक अनुकूल भएको बताएका छन् । उनले भने, “यो कानुनले गर्दा किसानले अब आफ्नो उत्पादन कसलाई र कहाँ बेच्न पाउने छनोट गर्न सक्नेछन् । मलाई लाग्छ कि अहिलेको कृषि कानुन किसानमैत्री छ ।”
स्याउ उत्पादकहरुमध्ये एक बिलाल अहमदले कृषि कानुनको स्वागत गर्दै भने, “कानुन लागु भएपछि हामी (किसानहरू)ले लामो सास फेर्न सकेका छौं । यो ठूलो राहतको कुरा हो कि सरकारले यस्तो विधेयक पारित गरेको छ । तर किसानहरूले स्याउको लागि राम्रो दर पाउनु पर्छ भन्ने तथ्यलाई पनि सरकारले सोच्नु पर्छ ।”
यस्तै भावनालाई प्रतिबिम्बित गर्दै अर्का एक किसानले कानुनले कृषकहरूलाई धेरै फाइदा दिने बताए । “हामी जहाँ चाहन्छौ, त्यहीं हाम्रा उत्पादनहरू बेच्न सक्षम हुनेछौं । धेरै स्याउ दक्षिण काश्मीरमा उत्पादन भएको छ,”उनले भने ।
केन्द्रले भर्खरै तीन कानुन पारित गरेको छ । जसमा किसानहरुको उत्पादन व्यापार र वाणिज्य (पदोन्नती र सुविधा) ऐन, २०२०, किसान (सशक्तिकरण र संरक्षण) मूल्य बिमा र कृषि सेवा ऐन, २०२० र आवश्यक वस्तु (संशोधन) ऐन, २०२० रहेका छन् । – पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्