×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा पदभार ग्रहण, परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता

PRIME CA
GLOBAL IME BANK

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा पदभार ग्रहण, परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता

२९ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाई छ । 
प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उहाँले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने उहाँले बताउनुभयो । उहाँले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताउनुभयो । श्रेष्ठले आज विहान पद तथा गोपनियताको सपथ लिनुभएको थियो । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठ सँगै विष्णु पौडेल र लिलानाथ श्रेष्ठले पनि पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: