
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प” आयोजना गरेको थियो ।
सो क्याम्प यहि असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पि.सि.आर. परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।
भाइरसको सङ्क्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना हुँदा पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा दत्तचित्त भई लाग्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्