
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्कबीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्नहोटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०%, विशेष प्याकेजहरुमा ५%, खानपानमा १५% सम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंककाबजार व्यवस्थापन प्रमुख नवीनमुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरे । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्ट तर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ ।
विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिङ्गइकाईहरू मार्फत आगामीदिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवा सुविधाहरु दिदै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्