×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी २२औँ वर्षमा प्रवेश, एटिएम सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी २२औँ वर्षमा प्रवेश, एटिएम सेवा सुरु

Artha Sarokar

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औँ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । २२औँ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरे ।
उनले २१ वर्षको अवधिमा संस्थाले आफ्नो लगानीमा आज श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको जानकारी दिए । संस्थाले गोदावरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको छ ।
चितवनको खैरहनीमा नेपाल कै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिँदै जाने उनले प्रतिबद्धता जनाए । भण्डारीले संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।
संस्थाले आजैबाट संस्थाको एटीएम सेवा शुरु गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले एटीएमको उद्घाटन गर्नेछन् । पुल्चोकस्थित मुख्य कार्यालयमा राखिएको एटीएममा आजै देखि सेवा सुरुवात गरिनेछ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत एटीएम बुथ स्थापना गरी सेवा दिने बताए ।
संस्थाले ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । साथै ३ सयभन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी